कुल तथा पारिवारिक अभिलेखमा फर्कनुहोस्

कुल पूजा

कुल देवी–देवता

Kul deities and offerings

यस पृष्ठमा थालेखर्क कुलपूजाको पारिवारिक जानकारी र धादिङ स्रोतबाट आएको व्यापक बगाले थापा सन्दर्भ छुट्टाछुट्टै राखिएको छ। एउटालाई अर्कोको निश्चित सूचीका रूपमा नपढ्नुहोस्।

थालेखर्कको मुख्य स्रोत: पदम बहादुर थापाका छोरा तेज बहादुर थापाले साझा गर्नुभएको मौखिक जानकारी। शब्दको हिज्जे वा विधिको थप पुष्टि आएमा यही अभिलेख अद्यावधिक गरिनेछ।

थालेखर्कको पारिवारिक अभिलेख

थालेखर्क कुलपूजाको विवरण

तलका नाम र चलन तेज बहादुर थापासँग भएको पारिवारिक कुराकानीअनुसार राखिएका हुन्। कोष्ठकभित्रका रोमन अक्षरमा रहेका शब्दहरू पनि कुराकानीका बेला टिपिएका लेखाइअनुसार राखिएका छन्। मस्टो यसै थालेखर्क कुलपूजामा मानिने देवता हो र धामीहरूसँग जोडिएको छ।

कुलसँग जोडिएका नाम तथा निशान

  1. कुलाइन देउराली (Kulain Deurali)
  2. भान्जे राजा (Bhanje Raja)
  3. तीन कुरमे मूल निशान (देवी) (Tin Kurme Mul Nishan)
  4. दुई कुरमे सहायक निशान (देवी) (Dui Kurme Sahayek Nishan)
  5. सोमलिङ्ग, बरालरी मस्टो (Samlinga Baralari Masto; ४/५ जना)
  6. भाङराङको भयार (Bhangrang ko Bhayar)

धूप र दूनाको व्यवस्था

  1. धूप दिँदा चारका लागि छुट्टाछुट्टै चारवटा दूना राखिने।
  2. बरालरी मस्टोका लागि पाँचौँ दूना राखिने।
  3. भयारका लागि छुट्टै दूना राखिने।

कुलका चलन तथा दायरा

  1. धामी नाच्ने चलनमा एउटै घरबाट एकैपटक दुईजना नाच्न पाइँदैन। युवालाई नाच्न दिने भए पहिले नाचिरहेका जेठाले छोड्नुपर्ने हुन्छ।
  2. यहाँ ‘एउटा घर’ भन्नाले सामाजिक रूपमा छुट्टिएर बसोबास नगरेको परिवार बुझिन्छ; सामाजिक रूपमा छुट्टिएर बसेमा दुई घर मानिन्छन्।
  3. आफैँ धामी बन्ने इच्छा नभएको खण्डमा विद्यमान धामीहरूले अनुरोध गर्ने चलन छ। प्राथमिकता भने आफैँ धामी बन्न इच्छा भएको—manifest भई कामेर धामीजस्तो हुने—व्यक्तिलाई हुन्छ।
  4. बरालरी मस्टोका धामीको संख्या निश्चित संख्या वा कडा सीमाले तोकिँदैन; निशान चाहिँ जोडीमा हुनुपर्छ।

व्यापक बगाले थापा सन्दर्भ

धादिङ स्रोतमा आएको इष्ट तथा कुल देवी–देवता

तलको सूची धादिङ स्रोत र बगाले थापा परिवार Facebook group media मा साझा सामग्रीबाट आएको व्यापक सन्दर्भ हो। यो थालेखर्क कुलपूजाको निश्चित सूची होइन।

इष्ट तथा कुल देवी–देवता

  1. श्री गणेश
  2. इष्टकुलदेवी अष्टबाहु भएकी भगवती श्री बिन्दवासिनी
  3. श्री कुलदेवता सोमलिङ्ग शिव
  4. श्री कुलदेवता बराह–बाराही
  5. श्री कुल निशान भगवती
  6. वैदिक वायु देवता

मोही पार्दा धूप दिने देवी–देवताहरू

  1. महा रुद्र
  2. काँढा ब्रह्मा
  3. चण्डी
  4. देउराली
  5. गडङ्गा
  6. गेडु भवानी
  7. बिन्दवासिनी देवी
  8. गोमाई
  9. गैँया
  10. ऐरा वा ऐरी शिकारी देवता आदि

बिगौतीको सात पोकामा चढाउने देवी–देवताहरू

  1. महा रुद्र
  2. काँडा ब्रह्मा
  3. ऐरा देवता / शिकारी देवता
  4. गेडु भवानी
  5. गोसाइँ
  6. गैँया
  7. बिन्दवासिनी